अर्थ-वाणिज्य

भारतमा रोकियो प्याज , कपिलवस्तुमा एकै दिनमा दोब्बर महँगियो



कपिलवस्तु ३० भदौ सोमवार खुद्रा प्रति केजी ६० देखी ६५ सम्म कारोबार भएको प्याजको मूल्य
एक्कासि दोब्बर भएको छ । होलसेल व्यापारीले कालो बजारी गरेपछि मूल्य आकासिएको छ ।
कपिलवस्तुको तौलिहवा र चन्द्रौटाको गल्लामण्डीका मङ्गलवार थोक मूल्य १ सय
रुपैयाँमा बिक्री भएको छ । भारतबाट प्याज आयात नभए पछि स्टक राखेका व्यापारीले थोक
मूल्य बढाएर कारोबार गरेका छन् । प्याजको आयात बन्द हुने हो भने मूल्य अझ उच्च
हुने देखिएको छ । 

    कपिलवस्तुको यशोधरा
गाउँपालिका सुठौली भन्सार प्रमुख तीर्थराज पासवान भन्छन्
, ‘ हिजो २ ट्रक प्याज आयात भएको थियो । यस अगाडी दैनिक औसत ७ ट्रक प्याज आयात
हुँदै आउँथ्यो । भारतले आयात प्रतिबन्ध लगाएको सुनिएको छ । तर आधिकारिक जानकारी
अझै आएको छैन । आज प्याज आएको छैन । तौलिहवामा थोक बिक्री गर्दै आएका स्टार आलु
तथा फ्रुट कम्पनीका सञ्चालकले नासिकबाट खरिद गरी ल्याएको २ ट्रक प्याज भारतीय
भन्सारले छिर्न नदिएको बताए । ‘अहिले खुनुवा (भारतीय बजार) मा अरू व्यापारीको समेत
गरी ६ ट्रक प्याज सीमा क्षेत्रमा रोकिएको छ । हामी प्याज कुरेर बसेका छौँ । तर
भारतीय भन्सारका कर्मचारीले नेपाल छिराउन दिएका छ्रैनन् ’ व्यापारीले भने ।

    आजै प्याज नेपाल छिर्न नपाए
पछि थोक व्यापारीले स्टक लुकाउँदै मूल्य बढाएको एक खुद्रा व्यापारीले बताए । प्याज
खरिद गर्दा थोक पसलेले सक्कल विल जारी नगरी साधा पानामा लेखेर दिने गरेका छन् । ती
व्यापारीका अनुसार आज बिहान सम्म ६५ रुपैया किलोमा बिक्री गरेको थिए । बिहानै एक
जना आएर ५० किलो सबै खरिद गरेर लगे प्याज सकिए पछि तौलिहवा गल्ला मन्डीमा मूल्य
बुझ्दा दोब्बर पुगेको रहिछ । सय रुपैयाँमा किनेको छु अव कतिमा बेच्ने हो । एकै दिन
मूल्य दोब्बर हुँदा अचम्म लागेको ती व्यापारीले बताएका छन् ।

प्रकाशित : ३० भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६