ब्रेकिंग न्युज

सिन्धुपाल्चोकमा ७२ सालपछिको ठूलो भुकम्प ,३ धक्का महशुस ,क्षेतीको विवरण संकलन हुदै



काठमाडौं, ३१ भदौं । आज (बुधबार) विहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको छ ।सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार ५ः१९ मिनेटमा भूकम्प गएको हो ।अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला गएको भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्लामा महसुस भएको थियो ।

     भूकम्पबाट के कति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन । पछिल्लो समय ५ रिक्टर स्केलसम्मको भूकम्प गइरहे पनि सो भन्दा माथिका भूकम्प लामो समयपछि आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यता भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले तीनपटकसम्म भूकम्पले हल्लाएको बताए । अहिले सिन्धुपाल्चोकमा त्रास फैलिएपनि क्षतिको विवरण आइनसकेको बताए । उनले भने, ‘म पनि गाउँमा छु ।

    अहिलेसम्म कहाँ के कति क्षति भयो भन्ने विवरण आएको छैन।’यस्तै बाह्रबिसे नगरपालिकाकी उपाध्यक्ष  सुशीला पाख्रिने पनि अहिलेसम्म क्षतिको विवरण नआएको बताइन् । ‘हामी बुझ्दै छौँ । भूकम्पको केन्द्रबिन्दु रहेको राम्चे क्षेत्र बाह्रबिसे–९ मा पर्छ ।’राम्चे बाह्रबिसे र बलेफी गाउँपालिकाको सिमानास्थित जुरेको माथिल्लो भाग हो ।

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६