ब्रेकिंग न्युज

श्राद्धको खाना खाएका एक जनाको ज्यान गयो ,१५ जना बिरामी



कैलाली ३१ भदौँ ।  कैलालीमा श्राद्धको खाना खाएका एक जनाको ज्यान गएको छ । एउटै टोलका १५ जना बिरामी भएका छन् ।गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । बाँकी १५ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

              तीन जनाको नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् ।सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको जानकारी दिनुभयो ।

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६