काठमाडौँ ३१ भदौँ । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराउनुभएको हो । आई लिगका लागि परियार बिहीबार भारत जाँदै हुनुहुन्छ । परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुनुहुन्छ । उहाँले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेल्नुभएको थियो । परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध हुनुभएको थियो ।
३१ भाद्र २०७७, बुधबार
प्रतिक्रिया