कपिलवस्तु ३१ भदौ । बाणगंगा नगरपालिका शिक्षा सम्बन्ध सरोकारवालाहरुले बिद्यालयहरुलाई क्रमश शिक्षण सिकाई अगंका रुपमा बिकास गर्ने बातावरण बनाउनुपर्ने माग गरेका छन । नेपाल शिक्षक महांसघ बाणगंगा नगर कार्यसमिति कपिलवस्तुको आयोजनामा भएको छलफलबाट बिद्यालयहरुलाई ३ सिफटमा सञ्चालन गरि सिमित बिद्यार्थीहरुलाई राखेर स्वास्थ्य मापदण्ड अपनाई शिक्षण सिकाई गर्नुपर्ने र त्यसका लागि नगरले बातावरण बनाईदिनुपर्ने माग गरेका हुन । नगरकै सभा हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै बाणगंगा नगरका मेयर मंगल प्रसाद थारुले प्रमुख जिल्ला अधिकारी संग समन्वय गरि क्रमश शैक्षिक बातावरण बनाउन नगरले पहल गर्ने बताउनुभयो ।
यस्तै उपप्रमुख चक्रपाणी अर्यालले बाणगंगाले शिक्षण सिकाईका निम्ती बैकल्पिक शिक्षण सिकाईलाई समयमै सुरुवात गरेर अघि बढेकोमा प्रत्यक्ष सिकाई क्रियाकलपालाई पनि बातावरण अनुकुल हुनसाथ शुरुवात गर्ने जानकारी दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले शिक्षा सरोकारवालाहरुको माग लाई ध्यानराख्दै नगरदे शिक्षण सिकाई सम्बन्धि गतिबिधी अघि बढाउने बतानुभयो ।
सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक महासंघका केन्द्रिय कोषध्यक्ष बिष्णु भण्डारी ,जिल्ला अध्यक्ष रमेश पन्थी लगाएतले बैकल्पिक शिक्षाका साथसाथै प्रत्यक्ष सिकाईका लागि पनि आवश्यक कामहरु अघि बढाउनुपर्ने माग गर्नुभयो । सोही कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे ,प्वासनका बासुदेब घिमिरे , सुन्दर पाण्डे ,सिद्धार्थ सामाजिक बिकास केन्द्रका रोमकान्त घिमिरे लगातले आफुनो धारण राख्नुभएको थियो । बर्तमान अवस्थामा सिकाईका बैकल्पिक संभावना चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम बाणगंगा नगर र सिद्धार्थ सामाजिक बिकास केन्द्रको समन्वयमा भएको हो ।
प्रतिक्रिया