कपिलवस्तु भदौ ३१
कोरोना संक्रमितको संख्या न्युन हुदै गए पछि कपिलवस्तुको निषेधाज्ञा सामान्य प्रकृतीको बनेको छ । आज जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको विज्ञप्ती अनुसार सामाजिक दुरी कायम गरी होटल समेत संचालन हुन पाउने भएका छन् । विज्ञप्ती अनुसार शैक्षिक संस्था, सभा सम्मेलन, पार्टि प्यालेस , शैलुन व्युटी पार्लर जिमखाना, पुस्तकालय, संग्रहालय संचालनमा निषेध गरीएको छ । यातायात पुर्णरुपले खुलेको छ । व्यापारमा तोकिएको समय सिमा समेत हटाईएको छ । नेपाल सरकारले जारी गरेको मापदण्ड भने पुरी गरी मात्र संचालन हुने उल्लेख गरीएको छ ।
प्रतिक्रिया