बुटवल ३१ भदौ । रुपन्देहीमा बुधबार थप ४० जनामा कोरोना भाइरसको संक्रति थपिएसंगै २हजार नजिक पुगेको छ संक्रमण जस मध्ये ६० प्रतिशत अर्थात ११०० जना कोरोना मुक्त भएका छन् । रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ६१ पुगेको हो।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ सहित ४० जना संक्रमित थपिएका छन्।
जसअनुसार सैनामैना नगरपालिकाका ६ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकाका ४ जना र सियारी गाँउपालिकाका १ जना गरी ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।रुपन्देहीमा १ हजार १ सय जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ। रुपन्देहीमा बुधबारसम्ममा ७ सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रतिक्रिया