ब्रेकिंग न्युज

‘स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध’



काठमाडौँ १ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । दोस्रो विश्व विरामी सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको  लागि आवाज उठाउँदै आएका व्यक्ति तथा नागरिक समाजलाई धन्यवाद दिदै थप सुरक्षित र सम्मानपूर्ण वातावरण बनाउन सबैमा आग्रह पनि गर्नुभएको छ ।

           हरेक सेप्टेम्बर १७ तारिखमा मनाइने यो दिवसको यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी स् सुरक्षित विरामी’ रहेको छ ।  नेपालमा कोरोना सङ्क्रमितमध्ये करिब ७२५ निको भइसकेका र ३७९ जनाले ज्यान गुमाईसकेका उल्लेख गर्दै मन्त्री ढकालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । “सङ्क्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनु पर्ने विश्वव्यापी मान्यता र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन आम जनसमुदायलाई आव्हान गर्दछु ।

             ” सन्देशमा भनिएको छ, “स्वास्थ्य संस्थामा हुने सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा आफ्नो दक्षता र सीपको उच्चतम प्रयोग गरी खटिन स्वास्थ्यकर्मीलाई आव्हान गर्दछु ।” उहाँले बिरामी, स्वास्थ्यकर्मी र जनसमुदायको सुरक्षाको लागि स्वास्थ्य संस्था भित्र र समुदायमा अपनाउनुपर्ने सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तोकिएको मापदण्ड र विधिलाई पालणा गर्न र गराउन स्वास्थ्यकर्मीलगायत सबैमा अनुरोध आव्हान पनि गर्नुभएको छ ।

प्रकाशित : १ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६