अन्तर्राष्ट्रिय

कोरोनाका कारण भारतमा ३८२ स्वास्थ्यकर्मीको मृत्यु



नयाँदिल्ली, १ असोज । भारतमा कोरोना संक्रमितको उपचारमा खट्दा आफै संक्रमित भएर ३८२ स्वास्थ्यकर्मीको ज्यान गएको छ ।इन्डियन मेडिकल एसोसिएसन ९आईएमए० को बुधबारसम्मको तथ्यांकअनुसार ३८२ स्वास्थ्यकर्मीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।ज्यान गुमाउनेमा २७ वर्षदेखि ८५ वर्षसम्मका स्वास्थ्यकर्मी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तथ्यांकअनुसार २ हजार २३८ चिकित्सक कोरोना भाइरस संक्रमित भएका छन् ।गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म भारतमा ५० लाख २० हजार बढी मानिस संक्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये ८२ हजार ६६ को ज्यान गइसकेको छ । त्यस्तै ३९ लाख ४२ हजार बढी निको भएका छन् । एजेन्सी

प्रकाशित : १ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६