काठमाण्डौ २ असोज । कोरोना भाइरसका कारण भारतमा बाल विवाह र बेचबिखनका घटना बढेका छन् । कोरोना भाइरसको महामारीपछि भएको लकडाउन लगायतका कारण बढेको बेरोजगारीका कारण बालविवाह र बेचबिखनका घटना बढेका पाइएको बीबीसीले जनाएको छ ।कोरोनाको महामारीपछि बेरोजगारी बढेको, विद्यालय बन्द भएका जस्ता कारणले भारतमा बालिकाहरु जोखिममा परेका छन् ।
घरको आर्थिक स्थिति कमजोर भएका कारण बालिकाहरुको सानै उमेरमा नै विवाह गरिदिने घटना बढेका छ्न् । भारतको कानुनले १८ वर्षमुनिका बालिकाको विवाहमा रोक लगाएको छ । संयुक्त राष्ट्र सङ्घीय बालकोष यूनिसेफका अनुसार भारतमा हरेक वर्ष १५ लाख बालिकाको कम उमेरमा नै विवाह हुने गरेको छ । सरकारी तथ्याङ्कअनुसार कोरोनापछिको लकडाउनका कारण रोजगारी गुमाएपछि एक करोड मानिस घर गाउँ फर्किएका छन् । घररगाउँ फर्किएका केही अभिभावकले छोरीको सानै उमेरमा विवाह गरिदिने गरेका छन् ।
प्रतिक्रिया