ब्रेकिंग न्युज

जोखिममा कारागार :कन्ट्रयाक ट्रेसिङका ८ प्रतिशत संक्रमित



कपिलवस्तु २ असोज यता जिल्लामा कोरोना संक्रमितको सम्पर्कमा आएका करिब ८ प्रतिशत व्यक्तिमा कोरोना सरेको छ। संक्रमित व्यक्तिको सम्पर्कमा आएका ३ हजार ७ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।यसको तुलनामा समुदायमा कोरोना संक्रमण बढी देखिएको छ। समुदायमा गरिएको परीक्षणमा करिब ११ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

    भारतका विभिन्न सहरबाट आएका क्वारेन्टिनमा बसेका ९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।  यता कपिलवस्तु कारागारमा कोरोना संक्रमण फैलन नदिन कारागार प्रशासनले उच्च सर्तकता अपनाएको छ । लकडाउन घोषणा भएलगत्तै कारागारका कैदीवन्दीलाई परिवार तथा आफन्तजनसँगको भेटघाटमा पूर्णरुपमा रोक लगाइएको छ । जिल्ला अदालतबाट कारागार आउने कैदीबन्दीको पीसीआर रिर्पोटका आधारमा कारागारमा राख्ने गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर राकेश पाण्डेयले बताउनुभयो । यसबाहेक कारागार प्रशासनबाट नियमित रुपमा कारागारभित्र र बाहिर सेनिटाइज तथा सरसफाइ गरिन्छ । उनीहरुलाई खुवाइने रासन लगायतका वस्तु पनि संक्रमणमुक्त गरी पकाउने व्यवस्था गरिएको जेलर पाण्डेयले बताए।

    कोरोना संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाइ पनि कारागारमा अन्य थुप्रै समस्याहरु छन् । पर्याप्त मात्रामा पानीको व्यवस्था छैन । पुरानो ब्लकमा पानी चुहिन्छ । कारागारको क्षतिग्रस्त सुरक्षा पर्खालको मर्मत तथा पुननिर्माण भएको छैन । कारागारभित्र स्थापना गरिएको पुस्तकालयमा पुस्तक अभाव रहेको कारागार प्रशासनले जनाएको छ ।  ब्लक नं. १ मा १ सय ८० जनाको क्षमता भएपनि २ सय २५ जना कैदीबन्दी छन् । ब्लक नं. २ मा १ सय ७२ जनाको क्षमता भएपनि १ सय ९४ जना कैदीबन्दी राखिएको छ । कुल४ सय १९ जना कैदीबन्दीका लागि १८ वटा शौचालय मात्रै छन् । शैच जानका लागि कैदीबन्दीको ठूलो लाइन लाग्नु पर्ने अवस्था छ ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६