कपिलवस्तु २ असोज । कपिलवस्तुको महाराजगंज सब–स्टेशनबाट बिधुत सेवा सुचारु भएको छ । यो संगै कपिलवस्तुको विकट बस्तीका दर्जनबढी गाउले पहिलो पटक विधुत वाल्ने अवसर पाएको हुन् । नेपाल बिधुत प्राधिकरणको वितरण प्रणाली सुद्धीकरण तथा विस्तार आयोजना अन्तरगत महाराजगंजमा सब स्टेशन निर्माण गरिएको हो । नेपाल बिधुत प्राधिकरणले कपिलवस्तुको महाराजगंज नगरपालिका १ मा निर्माण गरिएको सब स्टेशनबाट विहिबार बिधुत सेवा सुचारु गरेको हो ।
बिधुत पहुचबाट टाढा रहेका जिल्लाको हरदौना, कुशहवा जस्ता गाँउमा विद्युत प्रवाह गर्नका लागि महाराजगंज सव स्टेशनबाट बिधुत सेवा सुचारु गरिएको कृष्णनगर विद्युत प्राधिकरणका प्रमुख मक्सुद आलम शेखले जानकारी दिनुभयो । महाराजगंजमा सब स्टेशन नहुदा चन्द्रौटा वितरण केन्द्रबाट बिधुत प्रवाह हुदै आएको थियो । महाराजगंज सव स्टेशनलाई चर्जा गरी जिल्लाको बिधुत सेवालाई चुस्तदुरुस्त बनाइएको कृष्णनगर प्राधिकरणका प्रमुख शेखले जानकारी दिनुभयो ।
जिल्लाको बुटहनिया, मर्यादपुर, तौलिहवा, हरदौनाको क्षेत्रको करिब एक हजार घरधुरीले सब स्टेशनबाट बिधुत सेवा पाउने नेपाल बिधुत प्राधिकरण बुटवल डिभिजन कार्यालयका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । कुल ३ अर्बको लागानीमा निर्माण सम्पन्न भएको आयोजनाले जिल्लामा विद्युत सेवा प्रवाहमा सजिलो हुने बुटवल डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया