कपिलवस्तु असोज २ ।
नेकपा बुद्धभूमि ८ हरिहरपुर टोलमा कोरोना सचेतना तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै शिबराज नगरका उपप्रमुख शिबकुमारी थारुले हरेक काममा सामाजिक दुरी कायम गर्दै हरेक ब्यक्ति र परिवार सचेत रहनु पर्ने बताउनुभएको थियो । यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै नेकपा जिल्ला सचिवालय सदस्य एबम नेकपा बुद्धभूमिका नगर कमिटिका अध्यक्ष देबि बेल्बासेले पार्टीका कार्यकर्तालाई नेकपाले चलाएको कोरोना सचेतना अभियानमा साथ दिन आग्रह गर्दै नेकपाले जनजागरण मार्फत सचेतना फैलाएर कोरोना संक्रमण न्यूनीकरण गर्न खोजेको वताउनु भयो ।
कार्यक्रममा कोरोनावाट बच्ने उपाय र आनीवानीमा गर्नुपर्ने सुधारवारे सचेतना सन्देश दिइएको नेकपा बुद्धभूमि वडा नं ८ का ईन्चार्ज जिवन शर्माले बताउनुभएको छ । यस्तै कार्यक्रमकै बिचमा नेपाली कांग्रेस पार्टी परित्याग गरि आधा दर्जन क्रियाशिल सदस्य नेकपामा प्रबेश गरेका छन । कांग्रेश पार्टीको नेतृत्वप्रति असहमति जनाउदै नेकपामा प्रबेश गरेको उनीहरुले बताएका छन । हरिपुर टोल कमिटिका अध्यक्ष सुमन्त थारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोकर्णराज पोख्रेलले गर्नुभएको थियो ।
प्रतिक्रिया