प्रदेश

५८ पदक तथा विभूषण पाउने प्रदेश ५ मा को को हुन् ?



रुपन्देही ३ असोज । छैठो संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले ११ विधाका विभिन्न क्षेत्रका ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ। केहि महत्वपूर्ण पदक समाजमा बिशिष्ट योगदान रहेका ब्यक्तित्वलाई मरणोप्रान्त दिइएको छ भने पदक तथा विभूषण पाउनेमा उनीहरुका विशिष्ट योगदानको चर्चा सहित नामावली घोषणा गरिएको छ ।  दिवसको अवसरमा शनिबार बुटवलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयपरिसरमा आयोजित विशेष कार्यक्रममा पदक प्रदान गरिनेहरुको नाम घोषणा गरिएको हो। घोषित पदक तथा विभूषण प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते प्रदान गरिने छ।

    प्रदेश सरकारले दिने सबैभन्दा उच्च स्तरको पदक बुद्ध शान्ति पदकबाट मरणोपरान्त आचार्य भिक्षु अमृतानन्द महास्थवीरलाई प्रदान गरिने भएको छ।बौद्धधर्मको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको र म्यानमार सरकारबाट महानायक पदवी समेत प्राप्त गरेको योगदानको आधारमा पाल्पाका भिक्षु अमृतानन्दलाई बुद्ध शान्ति पदक प्रदान गरिने प्रदेश सरकारले जनाएको छ। त्यसैगरी प्रदेश प्रमुख जनसेवा पदक ६ जनालाई प्रदान गरिने भएको छ। बञ्जाडीको किसान आन्दोलको अगुवाको रुपमा काम गरेका दाङका गुमराह थारुलाई प्रदेश प्रमुख जनसेवा पदक कबाट सम्मानित गर्न लागिएको हो। प्रदेश प्रमुख जनसेवा पदक खबाट प्युठानका खगुलाल गुरुङ र रोल्पाका तेजमान घर्ति लाई विभूषित गरिने भएको छ। गुरुङलाई प्युठानको वाम आन्दोलनमा अगुवा कार्यकर्ता भई गणतन्त्र स्थापनाका लागि योगदान गरेकाले पदक दिने सरकारले जनाएको छ।


    घर्तीलाई गणतन्त्र प्राप्तिको लागि सशस्त्र संघर्षको थालनीकर्ताको रुपमा विशेष योगदान गरेकाले मरणोपरान्त पदक दिइएको सरकारले जनाएको छ।प्रदेश प्रमुख जनसेवा पदक ग सशस्त्रद्वन्द्वमा मृत्यु भएकी रुकुमकी धनमाया श्रेष्ठ, पाल्पाका केवल गाहा मगर र राज्यद्वारा बेपत्ता बनाइएका कृष्ण थारुलाई प्रदान गरिने भएको छ।त्यसैगरी मुख्यमन्त्री प्रज्ज्वलदीप पदक क प्रदेश सभामा तत्कालीन विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलाई ९मरणोपरान्त० प्रदान गरिने भएको छ। विपक्षी दलको नेता रहेकै अवस्थामा पोखरेलको मृत्यु भएको थियो।मुख्यमन्त्री प्रज्ज्वलदीप पदक खबाट दाङका माणिकलाल गौतम, पाल्पाका चिनियालाल बज्राचार्य, पाल्पाका तत्कालिन जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल (मरणोपरान्त) विभूषित गरिने भएको हो।

    मुख्यमन्त्री प्रज्ज्वलदीप पदक ग सशस्त्रद्वन्द्वमा घाइते भएका दाङका मनोज चौधरीलाई प्रदान गरिने भएको छ।प्रदेश सेवा समर्पण पदक क लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्ट डा। राजेन्द्र प्रसाद खनाल, प्रदेश सेवा समर्पण पदक ख भिम अस्पतालका डा। सुमित प्रजापति, गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्ट डा। उत्तम पच्या, भेरी अस्पताल बाँकेमा कार्यरत बसुन्धरा ज्ञवाली गौतम, भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर ध्रुब धिताल, जिल्ला समन्वय समिति पूर्वी रुकुममा कार्यरत विमला रोक्का श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यारत सुमितकुमार अग्रहरी, आइसोलेसन केन्द्रमा योग सिकाउने रुपन्देहीका विष्णु आचार्य, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेमबहादुर गौतमले पाउने भएका छन्।

    त्यसैगरी प्रदेश सेवा समर्पण पदक ग प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत लक्ष्मण पन्थी, कपिलवस्तु अस्पतालकी आयुस्मा अर्याल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत योगेन्द्रनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ।आयुष्मा देशकै पहिलो कोरोना संक्रमित भएर कोरोनालाई जित्ने स्टाप नर्श हुन् । सुरक्षाकर्मीहरुलाई प्रदान गरिने उजिरसिंह दीप पदक खबाट प्रदेश प्रहरी कार्यालयका अभयकुमार झालाई प्रदान गरिने भएको छ।उजिरसिंह दीप पदक गबाट जिल्ला प्रहरी कार्यालय बाँकेका डिल बहादुर सिंजाली मगर इलाका प्रहरी कार्यालय बुटवलका फुलेराम थारु, जिल्ला प्रहरी कार्यालय दाङका प्रभु सुनारलाई विभूषित गरिने छ।

    समाजसेवा श्री पदक क संस्थागत रुपमा नेपाल संस्कृत विश्वविद्यालयलाई प्रदान गरिने भएको छ। कोभिड १९ संक्रमितहरुको उपचार गर्न आवश्यक श्रोत साधन उपलब्ध गराएकाले संस्कृत विश्वविद्यालयलाई पदक प्रदान गरिने बताइएको छ।    त्यस्तै समाजसेवा श्री पदक ख रुपन्देहीका पत्रकार तथा मानवअधिकारकर्मी अर्जुन ज्ञवाली बाँकेका रोमहर्ष धिता, अर्घाखाँचीका डा चित्र प्रसाद वाग्ले (मरणोपरान्त) नवलपरासी पश्चिमका खिमलाल पोख्रेललाई दिइने भएको छ।समाजसेवा श्री पदक ग दाङका विनय पोख्रेल, अर्घाखाँचीकी पवित्रा पौडेल कपिलबस्तुकी प्रभा पौडेल, बाँकेकी सरीता खनाल र गुल्मीको आशा अपांग केन्द्रलाई प्रदान गरिने भएको छ।

    प्रभा लामो समय राजनीतिमा सकृय भएर पनि महिला स्वमय सेवकको रुपमा प्रदेश ५ कै अगुवा हुन् ।  प्रदेश रत्न पदक क बाट ड्रयागन फलफुल खेती मार्फत कृषि क्षेत्रमा नवप्रवर्द्धनात्मक गरेका दाङका लोकेन्द्र विष्टमगरलाई विभुषित गरिने भएको छ।प्रदेश रत्न पदक ख रुकुमपूर्वकी लक्ष्मी प्रसाद पुन, रुपन्देहीको अर्घाखाँची सिमेन्ट प्रा लि, रुपन्देहीकै सगुन कन्स्ट्रक्सनलाई दिइने भएको छ। प्रदेश रत्न पदक ग दाङका मार्शल रोका गुल्मीका भोजराज रेगामी, बाँकेका पुरमल बस्नेतलाई दिइने भएको छ।

    पुथा श्री पदक ख श्री सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी, पुथा श्री पदक ग दाङको बुलबुले थारु पाहुना घर, जैविक होमस्टे बर्दियालाई दिइने भएको छ।प्रदेश प्रज्ञा पदक कदाङका नारायण सिंह गुरुङ्ग, प्रदेश प्रज्ञा पदक ग पाल्पाको धवल पुस्तकालयले प्राप्त गर्ने भएका छन्।प्रजापति गौतमी पदक क पाल्पाकी चुन्नुमाया गुरुङ्ग (मरणोपरान्त) प्रजापति गौतमी पदक ख पाल्पाकै पूर्णमाया महर्जन, प्रजापति गौतमी पदक ग रुपन्देहीकी रिता सेन ओली र रोल्पाको त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगले पाउने भएका छन्।

    दङ्गीशरण बलिहाङ्ग पदक क रुपन्देहीका बुँद राना  दङ्गिशरण बलिहाङ्ग पदक ख बाँकेका श्यामानन्द सिंह, दङ्गिशरण बलिहाङ्ग पदक ग दाङका गोरन चौधरी (मरणोपरान्त) कपिलवस्तुका मोहम्मद इलिहात खाँलाई प्रदान गरिने भएको छ।प्रदेश सरकारले घेषणा गरेका पदक तथा विभूषण विवाद रहित मानिएका छन् । 

प्रकाशित : ३ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६