प्रदेश

महामारीलाई चिरेरै नयाँ नेपालको सुनौलो यात्रा संभव :घिमिरे



कपिलवस्तु ३  असोज     नेकपाका कपिलवस्तुले संविधान दिवसको अवसरमा विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गरेको छ। नेकपाका केन्द्रिय सदस्य तथा कपिलबस्तु सह इन्चार्ज विमला घिमिरेले छुटटै विज्ञप्ती जारी गरेर संविधानले नयाँ नेपालको सुनौलो यात्रा जारी राखेको वताउनु भएकोछ । उहाले देशमा महामारीका रुपमा देखा परेको कोरोनालाई अत्यन्तै न्यून क्षेतीका साथ  जित्न नेपाल र नेपाली सफल हुने कामना गर्नु भएकोछ । यता    कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा जारी शुभकामना सन्देशमा संघिय, लोकतान्त्रिक, गणतान्त्रिक संविधानका निम्ति योगदान पु¥याउनुहुने सम्पूर्ण ज्ञात,अज्ञात शहित प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै आन्दोलनका क्रममा घाइतेको शिघ्र  स्वास्थ्य लाभको कामना गरिएको छ ।

        जारी विज्ञप्तीमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीवहिनी सबैको सुख,शान्ति र समृद्धिको कामना गरिएको छ । विज्ञप्तीमा नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त संघिय,लोकतान्त्रिक गणतान्त्रिक संविधानको सफल कार्यान्वयनमा सवै तह र तप्ताको रचनात्मक भूमिका रहने उल्लेख गरिएको छ । विज्ञप्तीमा नयाँ संविधानले सबै जात, जाती, वर्ग समूदायको भावनाको सम्मान गरेको उल्लेख गर्दै ऐतिहासिक उपलब्धीलाई संस्थागत गर्दै समृद्ध राष्ट्र निर्माणको महान अभियानमा सबैको साथ रहने विश्वास प्रकट  गरिएको छ ।  विज्ञप्तीमा संविधान दिवसको अवसरमा सबै पार्टी कार्यकर्ता एवम् शुभेच्छुक सबै प्रति घर घरमा दिप प्रज्वलन गरी दिवसलाई मनाउन आग्रह गरिएको नेकपा कपिलवस्तुका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । 

प्रकाशित : ३ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६