कपिलवस्तु ३ असोज ।र्संबिधान बिभेदकारी भन्दै राष्ट्रिय जनता पार्टी कपिलस्तुले तौलिहवामा बिरोध सभा गरेको छ । राजपाले संबिधान दिवसमा बिरोध सभा सहीत अन्तरक्रिया गरेको हो । संबिधान जारी भएको ५ बर्ष बित्दा पनि मधेसी, जनजाति पिछडा बर्ग लगायतको हक अधिकार सुनिश्चित नगरेको भन्दै राजपाका नेता कार्यकर्ताहरुले विरोध सहित सहभागी भएका थिए । उनीहरुले संबिधानलाई सबैको साझा र अपनत्व ग्रहण गर्ने बनाउनु पर्ने माग गरे । सो अवसरमा राजपाका केन्द्रिय नेता रबिन्द्र मिश्राले संबिधान त्रुटिपूर्ण रहेको र जारी भएको ५ बर्ष बिति सक्दा पनि संशोधन नहुनु दुःखद कुरा भएको बताउनुभयो ।
राजपा नेता दान बहादुर चौधरीले संबिधान सबैले अपनत्वग्रहण गर्ने किसिमको हुनुपर्ने बताउनुभयो । राजपा जिल्ला अध्यक्ष शैलन्द्र कुमार यादवले संबिधान संशोधन गरी आफुहरुकोे अधिकार सुनिश्चित नभए सम्म बिरोध जारी रहेको बताउनुभयो । कार्यक्रममा राजपाका ढेड दर्जन नेताहरुले संबोधन गरेका थिए । पार्टी जिल्ला अध्यक्ष यादवको अध्यक्षता, संदीप पाण्डेयको संचालनमा भएको कार्यक्रममा राजपा नेता तथा प्रदेश सदस्य सहसराम यादव, नेता नारायण खनाल, सुद्धोदन गाउपालिका अध्यक्ष तथा नेता निसार अहमद खा, अब्दुल रसिद खाँ लगायतले संबिधान अपुरो रहेकोले संशोधन गर्नु पर्ने माग गर्नुभयो ।
यसैविच राष्ट्रिय जनमुक्ती पार्टी कपिलबस्तुले सबिधान दिवसको अवसरमा सबिंधान २०७२ पुनर्लेखन गर्न माग गरका छन् । नेपालका सबिंधान २०७२ नेपालमा रहेको बहुसख्यक, आदिबासी, दलित महिला र अल्पसख्यकहरुको हितमा नभएको र हक अधिकार सुनिस्चित नगरिएकोले नेपालको सविंधान २०७२ पुनर्लेखन गर्न माग गर्दै ४ नं . जितपुरमा बिरोध प्रर्दशन गरेको छ । राष्ट्रिय जनमुक्ती पार्टी कपिलबस्तुका अध्यक्ष धन बहादुर थापाको अध्यक्षता , राष्ट्रिय जनमुक्ती पाटी प्रदेश नं. ५ का उपाध्यक्ष तथा जिल्ला इन्चार्ज हरिओम बिकको प्रमुख अतिथ्यता , पुर्व सैनिक केन्द्रिय उपाध्यक्ष अमर बहादुर थापा, बैकल्पीक केन्द्रिय सदस्य उत्तम आले, जनमुक्ती युवा महासघंका केन्द्रिय सचिब बसु राना , प्रदेश सदस्य तिल बहादुर झेडी लगायतका अतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिब जमान सिजांलीले गर्नु भएको थियो ।
प्रतिक्रिया