ब्रेकिंग न्युज

कपिलवस्तु कारागारबाट चार कैदी रिहा



कपिलवस्तु ३ असोज ।संबिधान दिवसका अवसरमा कपिलवस्तु कारागारबाट एक भारतीय सहीत चार जना कैदीलाई रिहा गरिएको छ । असल चालचलन र ५० प्रतिशत कैद सजाय भुक्तान गरेका उनीहरुलाई शनिवार रिहा गरिएको हो । कारागारका जेलर राकेश पाण्डेले कारागार कार्यालयले कारागार ब्यवस्थापन बिभागमा पठाएको सिफारिसको थियो ।  

    त्यसै आधारमा राष्ट्रपतिको आदेशानुसार संबिधान दिवसमा जिल्लाका चार कैदीलाई रिहा गरिएको बताए । खरखजाना मुद्दाका भारतीय नागरिक एक जना, कत्तब्र्य ज्यान र कुटपीट मुद्दाका कपिलवस्तुका २ जना र सरकारी कागज किर्ते मुद्दाका बाराका एक जना कैदी रिहा भएका हुन । संबिधान दिवसमा नेपालमा २ सय ८९ जना कैदी रिहा भएका छन । कपिलवस्तु कारागारमा दुई ब्लकमा अहिले ४ सय १५ जना कैदी बन्दी छन । 

प्रकाशित : ३ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६