पाल्पा ४ भदौँ । कोरोना परीक्षणका लागि स्वाब पठाएको हप्ता दिनसम्म रिपोर्ट नआएपछि पाल्पाको तानसेन नगरपालिकाको सम्पूर्ण काम बन्द भएको छ ।जनप्रतिनिधि र कर्मचारी स्वाब दिएर होम क्वरेण्टीनमा बसेका छन् । जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नआउँदा समस्या भएको हो । एक जना वडा अध्यक्ष र अरु वडा सदस्यसहित ४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि तानसेन नगरपालिकाले नगरपालिकाको कार्यालयसहित सबै वडा कार्यालयहरु बन्द गरेको हो ।गएको बिहीबार कार्यपालिकाको बैठकमा सहभागी एक वडाध्यक्ष र कार्यपालिका सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगर प्रमुख, उपप्रमुख, कर्मचारीहरु, १४ वडाका वडाध्यक्षहरु र त्यहाँ कार्यरत कर्मचारीहरु स्वाबको नमूना दिएर होम क्वरेण्टीनमा रहेका छन् ।
४ आश्विन २०७७, आइतबार
प्रतिक्रिया