कपिलवस्तु । पाँचौ संबिधान दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।हेल्प फर ह्यापिनेस, कपिलवस्तुले आयोजना गरेको सो कार्यकममा प्रमुख अतिथि रहेका वडा नम्बर ८ का अध्यक्ष गुनानिधि भुसालले देशको मूल कानुन बनेको दिन सबैमा शुभकामना दिँदै संविधानको कार्यान्वयन गरेर विकासको बाटोमा लम्किनुपर्ने बताए ।
कार्यक्रममा युवा नेता टीआर पाण्डेले संबिधान दिवस भनेको नेपालीहरुको महान चाड जस्तै हो भन्दै यसलाई हरेक वर्ष धूम धामका साथ मनाउनु पर्ने बताए । उनले संबिधानले हरेक धर्म संस्कृति जात जाति सम्पूर्णको मौलिक हकको सुनिस्चित गरेको बताए ।कार्यक्रममा हेल्प फर ह्यापिनेसका सह(सचिव विशाल अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष निर्मल शर्माले धन्यवाद तथा समापन मन्तव्य दिएका थिए ।त्यस्तै कार्यक्रमको संचालन सचिव सुशान्त पोख्रेलले गरेका थिए । कार्यक्रममा हेल्प फर ह्यापिनेस कपिलवस्तुका सुशील आचार्य, विवेक पौडेल, मधु सुधन भुसाल, सरोज घिमिरे, रोशन आचार्य लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया