लुम्बिनी

मुआब्जा दावी गरेर विकास नरोकौंः मुख्यमन्त्री



देउखुर ४ भदौँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले स्थानीय स्तरबाट मुआब्जाको कारण देखाउँदै विकासको कामलाई अवरुद्ध नगर्न आग्रह गर्नुभएको छ । आइतबार दाङको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्य मन्त्री पोख्रेलले नेपालका गुरुयोजना सफल नहुनुको मुख्य कारण मुआव्जा पनि भएको भन्दै सरकारले सारेको विकासको कामलाई नागरिक स्तरबाट सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

         मुख्य मन्त्री पोख्रेलले “आफ्नै गाउँठाउँमा विकास हुँदा नागरिकले पाएको सुविधा हेरेर थोरै भएपनि योगदान गर्न सक्ने हो भने धेरै योजना समयमै पुरा हुन्छन, घरबासै नरहने अवस्थामा सरकारले वासको ग्यारेन्टी गर्छ ।” भन्नुभयो । यस्तै मुख्यमन्त्री पोख्रेलले कोरोना सङक्रमणले विश्वलाई नै आक्रान्त बनाइरहेको समयमा स्वास्थ्य मापदण्ड पालन गर्न र भिडभाडजन्य गतिविधि नगर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “आत्मबल बलियो बनाउने र प्रतिरोधी क्षमता बढाउने हो भने रोगलाई जितिन्छ,स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्ने सजक रहने गर्नुपर्छ ।”

               स्वास्थ्य क्षेत्रमा प्रदेशमा उल्लेख सुधार भएको भन्दै मुख्यमन्त्री पोख्रेलले सरकारी अस्पताल प्रति अझै पनि विश्वास नगर्ने मानसिकता त्यानुपर्ने बताउनुभयो । प्रदेशमा कोरोना सङक्रमित भएका बिरामीलाई उपचार गर्ने सक्ने आइसियू सहितका अस्पताल र पलाज्मा थेरापी सम्मका काम भइरहेको स्मरण गर्दै सरकारी अस्पताल पहलिे जस्तो नभएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मुख्यमन्त्री पोख्रेलले दाङबाट देउखुरी पछाडी पारियो भन्ने मानसिकता त्यान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, देउखुरी उपत्यमा राप्ती नदीलाई विचमा पारेर दुइवटा समानान्तर राजमार्ग चल्न थाले भने,अब केहो विकास भएन भन्ने ? 

        संघीय सांसद मेटमणी चौधरीले सर्पदंश उपचार केन्द्रबाट दाङ सहित छिमेकी जिल्लाका नागरिकले समेत फाइदा लिन सक्ने बताउनुभयो ।  गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा सर्प विशेषज्ञ महेन्द्र कातिलाले सर्पदंशका विरामी अस्पतालमा लगेर उपचार गरेपछि निको हुने जानकारी दिनुभयो । गढवा गाउँपालिकाको एक करोडको लागतमा भवन निर्माण गरेर नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको हो । 

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६