प्रदेश

कोरोनाले खायो उद्यम : धमाधम होटल छाड्दै ब्यावसायीहरु



रुपन्देही ४ असोज ।कोरोनाको कहर आर्थिक क्षेत्रमा जटिल रुपमा वढ्दै जाँदा रुपन्देहीका होटलहरु धमाधम बन्द हुन थालेका छन्। कोरोना महामारीका कारण भएको लकडाउनले आर्थिक भार थपिदै गएपछि रुपन्देहीका ब्यावसायीहरु होटलको विकल्प खोज्दै बन्द गरेर साइट लाग्दै गरेको होटल तथा रेष्टुरेण्ट ब्यावसायी संघ रुपन्देदीले जनाएको छ।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसीले रुपन्देहीमा करिव ५० भन्दा बढीले होटल व्यवसाय छोडेको जानकारी आएको बताए।‘सय भन्दा बढी होटल तथा रेष्टुरेन्ट बन्द भएको हाम्रो अनुमान छ, ५० भन्दा बढीले व्यवसायीले होटल छोडेर सामान पनि लिएर गएका छन् –उनले भने–‘होटल चल्दैन, बहाल तिर्न सक्ने अवस्था नभएपछि सामान निकालेर गएका हुन्।’बुटवलको बसपार्क नजिक राजमार्गको सामुन्नेको १५ वर्ष चलेको सनराइज होटल बन्द भएको छ। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका रामप्रसाद गौतमले ८ कोठाको होटल बन्द गरेको बताए।

    ‘मेरा दुई वटा होटल थियो, कोरोनाको कारण चलाउन सक्ने अवस्था भएन, त्यसैले एउटा बन्द गरें’–उनले भने–‘पाँच छ महिना ठप्प भयो, कोरोना कहिलेसम्म हुन्छ, चल्न सक्दैन भनेर बन्द गरें।’सनराइजनजिकै रहेको लोकप्रिय र कालिका होटल पनि बन्द भएको छ। नेपालगञ्जरोडको पृथ्वी, बागलुङ ढोरपाटनलगायतका होटल बन्द भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष जिसीले बताए।नयाँबसपार्क नजिकै लिजमा चलाउन दिएको होटल मनकामना बन्द गरेपछि मूल सञ्चालक महेन्द्र श्रेष्ठसँग आएका छन्।तर लिजमा लिएकाले छोडेकाले आफैले चलाउन परेको होटल तथा श्रेष्ठले बताए। ‘कात्तिकदेखि लिजमा चलाउनुभएको थियो, केही महिन पनि कोरोनाको महामारी र लकडाउनले होटल चलेन’–उनले भने–‘उहाँले नचलाउने भएपछि आफैं चलाउन प¥यो, हामीले त पहिलेदेखि नै चलाएको बन्द गर्न भएन।’

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले अहिले व्यवसाय थेग्न सक्ने अवस्था नभएको बताए। ‘हामीले घरभाडामा ५० प्रतिशत छुट दिन प¥यो भनेर घरधनीसँग आग्रह गरेका थियौं’–उनले भने–‘कतिले दिनुभयो, केहीले दिनुभएन, छुट पाउँदा पनि धान्न गाह्रो छ।’राज्यले पनि कुनै सुविधा नदिएको श्रेष्ठले बताए। रुपन्देहीमा ८० प्रतिशत होटलको आफ्नो घर नभई भाडा तिरेर चलाएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष जिसीले बताए।

     ‘मासिक ५० हजार देखि ४–५ लाखसम्म भाडा तिरेर बसेका होटल छन्, ६ महिनासम्म भाडा मात्र तिर्दा के अवस्था होला, त्यसमा मजदुर खर्च, बिजुलीबत्ती, पानी गर्दा त लाखौ नोक्सान हुन्छ’–उनले भने–‘अवस्था एकदम नाजुक छ, थपिएको यो आर्थिक भार थेग्न निकै गाह्रो छ।’

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६