कपिलवस्तु ४ असोज । प्रदेश नम्बर ५ सरकारले स्त्तरोन्नती गरी ५० बेडको अस्पताल बनाउने निर्णय गरेको एक हप्ता भित्रै कपिलवस्तु अस्पतालमा दन्त रोग तथा स्त्रीरोग सेवा सुभारम्भ गरिएको छ । जनरल र प्रसुती सेवा दिदै आएको अस्पतालमा सो सेवा थपिएको हो । महिला तथा स्त्री रोगको सेवा अस्पतालमा बिगत ६ महिना देखि सुरु भएको भएपनि औपचारीक शुभारम्भ यतिबेला भएको हो । दन्त रोगको सेवा भने आईतवारबाट सुरु गरिएको छ । कपिलवस्तु अस्पताल तौलिहवामा दन्तरोग उपचार सेवाको कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले शुभारम्भ गर्दै सदरमुकाम तौलिहवामा रहेको सरकारी अस्पतालमा दन्त रोगको सेवा सुरु हुनु अति नै प्रभावकारी भएको बताउनु भयो । ‘ गरिब र बिपन्नलाई अब यो सेवा लिन बाहिर जानु पर्ने बाध्यता टरेको छ, यो अति राम्रो काम हो ’ उहाले भन्नु भयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर. किशोर बन्जाडे अस्पतालमा थपिएको यो सेवाले दातका रोगीहरुलाई सजिलो हुने औल्याउनु भयो । ‘ निजी क्लिनीकमा गएर मंहगो उपचार लिन पथ्र्यो अब भने सस्तो र भरपर्दो सेवा यहि पाईन्छ ’ उहाले स्पष्ट पार्नु भयो । दन्त रोगका डक्टर शिव कुमार चौधरीले बिरामीहरुको आईतवार देखि नै जाच सूरु गर्नु भएको छ । दन्त रोगकालागि चाहिने आवश्कीय उपकरणहरु समेत प्रदेश सरकारको सहयोगमा ल्याई सकिएको छ । अस्पतालमा २ बिशेषज्ञ सहीत नौ जना डाक्टर छन । ल्याब एक्सरे र भिडियो एक्सरे सेवा समेत अस्पतालमा उपलब्ध छ । ‘ अस्पतालमा ५० बेड क्षमता संगै अरु स्ुबिधाहरु थपिने मेसु बन्जाडेले दावि गर्नु भयो ।
प्रतिक्रिया