प्रदेश

बसको ठक्करबाट १ को मृत्यु, खोलाले बगाएर १ बेपत्ता ।



कपिलवस्तु भदौ

कपिलवस्तुको बुद्धभुमी नगरपालिका ९ चम्पापुरमा बसको ठक्करबाट १ जनाको
मृत्यु भएको छ । शनिवार राती ९ः३० बजे ग १ ख ८९४७ नम्बरको यात्रु बाहक बसले
३२ वर्षका पैदल यात्रुलाई ठक्कर दिई घाइते बनाएको थियो । उपचारका क्रममा
जिल्ला अस्पताल तौलिहवामा आइतबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको
छ । मृतक बाग्लुङ्गको गंगा जमुना गाउँपालिका १ घर भई हाल कपिलवस्तुको
विजयनगर गाउँपालिकामा बस्दै आएका फिरोन तामाङ रहेका छन् ।  उनी सशस्त्र
प्रहरीको जागिर वाट राजीनामा दिई रुपन्देहीको एक बैकमा सुरक्षा गार्डको
रूपमा काम गर्दै आएका थिए ।यसै गरी बुद्धभुमी नगरपालिका वडा नं. ५ गुडरुगं
खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुद्धभुमी
नगरपालिका वडा नं. ६ शिवपुराका वर्ष १९ का हमसद गद्दी रहेका छन् । उनी
शनिवार साँझ खोलामा बाढीले ल्याएको काठ दाउरा निकाल्न खोलामा पसेका थिए ।
दाउरा सङ्कलन गरेको बखतमा खोलाको सतह बढेपछि खोलाले बगाएको थियो ।
बेपत्ताको खोजीको लागी सशस्त्र प्रहरीको गोताखोर टिम परिचालन भएको इलाका
प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताउनु भयो । 

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६