रुपन्देही ५ असोज ।कोरोना महामारी र लकडाउनका कारण लामो समय बन्द रहेका सार्वजनिक सवारी साधन चल्न थालेका छन । सरकारले असोज १ बाट सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएपनि व्यवसायीले २ गते फाटफुट रुपमा गाडी चलाए । त्यसपछि तयारी गरेर मात्रै लामो दुरीका गाडी चलाउन थालेका छन । पश्चिम नेपाल बस व्यवसायी प्रालि र भैरहवाको सिद्धार्थ सार्वजनिक यातायात प्रालिले शनिबारदेखि बस चलाएका छन् । तर यात्रुको अभावमा निकै कम मात्र बस सडकमा गुडेका छन् ।
अहिलेलाई बिनातालिका केही बस चलेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवन बन्जाडेले बताउनुभएको छ । यात्रुको अवस्था बुझेर कसरी तालिका बनाउने भन्नेबारेमा छलफल भइरहेको बन्जाडेले बताए। तालिका अनुसार गाडी नचलेको भएपनि पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफ्ना कर्मचारी बुटवल बसपार्कको टिकट काउन्टरमा पठाइसकेको छ ।यसैबिच कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।
यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा मानिस(मानिसबीचको दूरी कायम नगरिँदा जोखिम बढेको छ । तर कोरोना महामारीको समयमा बसभित्रै भौतिक दूरी कायम गर्न आधा सिटमा मात्र मानिस राख्न पाइने नियम लगाइएको छ र ५० प्रतिशत बढी भाडा उठाउन दिइएको छ । यातायात व्यवसायीले भाडा बढी लिनेबाहेक अरु नियम मानेका छैनन् ।
प्रतिक्रिया