कपिलबस्तु ५ असोज । थारु र गौतम बुद्ध एकै बंश हो भन्ने कुरा उठिरहकै बखत कपिलबस्तुमा पनि थारु बौद्ध समाज कपिलबस्तु गठन भएको छ । थारु बौद्ध बिहार तथा बुद्ध र थारुहरुको इतिहास बचाइराख्नको लागि समिति गठन गरेको थारु बौद्ध समाजका केन्द्रिय अध्यक्ष गोकुल थारुले बताउनु भयो । जलेश्वर प्रसाद थारुको अध्यक्षतामा १० सदस्यिय समिति गठन भएको छ । जसमा उपाध्यक्ष राम मिलन थारु , महासचिब राजेश थारु ,कोषाध्यक्ष शिवाली थारु ,सचिब कृष्ण बहादुर थारु र बाकी सदस्यमा रहनुभएको छ ।
यस्तै थारु बौद्ध समाज कपिलबस्तुको सल्लाहकारमा कृष्ण बहादुर चौधरी ,नाथुराम थारु,जञ्जिर प्रसाद थारु , सुमित्रा थारु , भोजराज थारु र उमशंकर चौधरी रहनु भएको छ । बुद्धभुमि नगरपालिकाका स्थानिय तथा समाजसेवी जलेश्वर थारुको अध्यक्षतामा भएको कार्यक्रममा थारु बौद्ध समाजका केन्दिय अध्यक्ष गोकुल थारुको प्रमुख अतिथ्यता ,केन्दिय उपाध्यक्ष राजेन्द्र थारु लगायतको उपस्थितीमा भएको कार्यक्रमको सन्चालन थारु कल्याणकारीणी सभा कपिलबस्तुका सह सचिब राजेश थारुले गर्नु भएको थियो ।
प्रतिक्रिया