काठमाडौं ५ भदौ। बंगलादेशबाट नेपालले पैंचामा मागेको मल नेपाल ल्याउन भारतले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबीच सोमबार कृषि मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले यस्तो बताएको मन्त्रालयले जनाएको छ ।‘नेपालले बंगलादेशबाट आयात गर्न लागेको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्नेछ,’ राजदुत क्वात्राको भनाइ उदृत गर्दै मन्त्रालय स्रोतले भन्यो ।
छलफलमा राजदुत क्वात्राले नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न पनि भारत सधैं तयार रहेको बताएका थिए ।भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तरमापन, क्वारिन्टिनको प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदान लगायतका विषयमा छलफल भएको कृषि मन्त्रालयले जनाएको छ ।
मन्त्री भूसालले नेपाल र भारतका बहुसंख्यक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुबै मुलुकबीचअझ धेरै सहकार्यको आवश्यकता रहेको धारणा राखेका थिए ।राजदुत क्वात्राले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभई नेपाल(भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पुर्याउने भेटवार्तामा बताए ।
प्रतिक्रिया