कपिलवस्तु ५ असोज । नेकपाका प्रदेश पाँचका सामान्य प्रशासन विभाग सदस्य स्व.टिकाराम पौडेलको संझनामा सोमबार शोक सभा चन्द्रौटामा सम्पन्न भएको छ । शोक मन्तब्य राख्दै नेकपाका प्रदेश कार्यालय सचिव एवम् संविधान सभा सदस्य बलराम अधिकारीले स्व. टिकाराम पौडेल सामन्तवादका विरुद्ध निरन्तर सघर्षशिल ब्यत्तित्व रहेको चर्चा गर्नु भयो । नेता अधिकारीले स्व. पौडेलले कम्युनिष्ट विचारधारालाई सधै आत्मसाथ गर्दै वैचारिक नेताको रुपमा आफुलाई स्थापित गरेको बताउनु भयो । शोक सभामा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एक कर्मठ योद्धाको निधनबाट आफुहरुलाई निकै स्तब्ध बनाएको बताउदै शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनु भयो ।
नेता पोख्रेलले स्व. टिकाराम पौडेलको योगदानको पार्टीले उच्च मूल्यांकन गर्ने बताउदै संकटका बेला पार्टी सधै साथमा रहने धारणा राख्नु भयो । नेकपा कपिलवस्तुको आयोजनामा सम्पन्न शोक सभामा नेकपाका नेताहरु रामलाल काफ्ले, बालकराम बुढामगर, अहमद रहुँफ लगायतले शोक मन्तब्य राख्दै वैचारिक, सरल, कर्मठ, अनुशासित, एवम् सामाजिक अभियान्ताको आचर्यजनक निधनले सिंगो पार्टी स्तब्ध एवम् शोकाकूल भएको शोक मन्तब्य राख्नु भयो ।
नेकपाका नेता दिनेश पुनः मगरको संचालनमा सम्पन्न कार्यक्रममा शिवराज नगर कमिटी सचिव जगत पौडेलले स्व. टिकाराम पौडेलको जीवनी माथी प्रकाश पार्नु भएको थियो । जीवनी माथी प्रकाश पार्दै शिवराज नगरपालिका वडा नं. ५, चन्द्रौटा, कपिलवस्तु निवासी स्व. टिकाराम पौडेलले अर्घाखाँची हुदै कपिलवस्तुको राजनैतिक, सामाजिक, साँस्कृतिक आनदोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको बताउदै स्व. पौडेल तत्कालिन नेकपा कपिलवस्तुको नगर , क्षेत्री र जिल्ला कमिटी सदस्यको जिम्मेवारी पुरा गर्नु भएको बताउनु भयो ।
शोक सभामा स्व. टिकाराम पौडेल २०४६ साल देखी विभिन्न जिम्मेवारीमा रहदै निरन्तर राजनैतिक, सामाजिक आन्दोलनमा सक्रिय भूमिका रहेको जीवनी प्रकाश पारिएको थियो । शोक सभामा स्व.टिकाराम पौडेल प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्न प्रदेश सभा सदस्य अर्जुन के.सी., शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, नेकपाका नेताहरु लंक बहादुर हमाल, सफर अलिमिया, देवी बेल्बासे, मिना परियार लगायतका नेता कार्यकताको उपस्थिती रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।
५७ वर्षे स्व. टिकाराम पौडेलका तीन छोरी, एक छोरा र एक श्रीमती हुनुहुन्छ । अर्घाखाँचीको जुकेनामा जन्मनु भई २०५६ साल देखी कपिलवस्तुलाई कर्मथलो बनाउनु भएका टिकाराम पौडेलको २८ गते आइतवार राती ११ बजे भिम अस्पताल भैरहवामा निधन भएको थियो ।
प्रतिक्रिया