गुल्मी ५ असौज । स्थानीय तहको चुनाव आउन अव डेढ वर्ष वाँकीछ । सोही चुनावको भोटको अकालन गर्दै विकास निर्माणमा काममा समेत खिचातानी र विवाद बढ्न थालेको छ । फलस्वरुप बिद्यालय भवन निर्माणको विषयलाई लिएर सत्तारुढ नेकपा कार्यकर्ता र नेपाली कांग्रेस कार्यकर्ता उत्पन्न तनावको ब्यवस्थापन नेपाली कांग्रेस गुल्मीका कार्यकर्ताले प्रहरीमाथि गरेका छन् ।गुल्मीको रेसुंगा नगरपालिका १२ को रानीपोखरी निम्न माध्यमिक विद्यालयको भवन बिद्यालय ब्यवस्थापन समिती आफैले निर्माण गर्ने निर्णय भएपनि गुपचुप रुपमा ठेक्का दिएर्को भन्दै नेकपा कार्यकर्ताहरुले अवरोध श्रृजना गरेका थिए ।
भवन निर्माण रोक्न खोज्दा भएको झडपमा स्थानीय अमित बस्नेत र केयरसिंह टन्डन घाइते भएको नेपाली कांग्रेसको दावी छ । उनीहरुलाई स्थानीय दानबहादुर तङ्नामी, भिम रास्कोटी, ओम बहादुर टन्डन र खेत बहादुर टन्डनले कुटपिट गरेको वताइएको छ । रानिपोखरी निम्न माध्यमिक विद्यालय भुकम्पका कारण भत्किएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत काम हुनेगरी चारकोठे भवनको काम गर्नको लागि ७० लाख ४० हजार बजेट बिनियोजन भएको थियो ।
भत्किएको भवन पुनर्निर्माणको विषयमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ता विच विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक केदारराज पन्तले बताए ।गएको भदौ १९ गते विवादपछि नेकपा कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई पिटेको नेपाली कांग्रेसले बताउंदै आएको छ । भने नेकपा कार्यकर्ताले भने उक्त घटनामा नेपाली कांग्रेसले राजनितिक प्रतिसोध साध्न खोजेको आरोप लगाएका छन ।
गएको साउन ९ गतेको भेलाले पुरानो भवन भत्काउने र साउन २५ गतेको भेलाले विद्यालय व्यवस्थापन समितिको रेखदेखमा नयाँ भवनको निर्माण सुरु गर्ने निर्णय गरिएको भए पनि निर्माण समितिले निर्माण ब्यवसायी विनोद विकलाई १६ लाख ५० हजारमा अघोषित रुपमा भदौ १५ गते निर्माणको जिम्मा दिएको नेकपा पक्षधरको आरोप छ ।व्यवस्थापन समितिमार्फत हुने कुनैपनि काममा ठेक्का दिन नपाइने भएपनि बिद्यालय ब्यवस्थापन समितीले कांग्रेस कार्यकर्तालाई भित्रैभित्रै मिलोमतो गरी ठेक्का दिएको नेकपाको आरोप छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कांग्रेस कार्यकर्ताको नेतृत्वमा रहेको ब्यवस्थापन समितीले बिद्यालयको नयां भवन बनाउन थालेपछि नेकपा निकट निर्माण ब्यवसायीले आफुहरुले गर्नुपर्ने माग गर्ने भन्ने बिवाद कुटाकुटको अवस्थामा पुगेको थियो ।
सोहि घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्न पुगेका कांग्रेस कार्यकर्ता र प्रहरी विच झडप भएको हो ।प्रदर्शनमा गएको काङ्ग्रेसको समुह प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप परेको थियो । एक्कासी प्रशासन कार्यालय भित्र कांग्रेस नेता कार्यकर्ता पस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको थियो ।झडपमा काङ्ग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, काङ्ग्रेस क्षेत्र नम्बर २ ‘क’ का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामी तथा प्रहरी निरीक्षक राजकुमार रावलसहित चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरिक्षक केदारराज पन्तले जानकारी दिए ।नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नहरुलाई उन्मुक्ति दिइरहेको आरोप लगाएका छन् ।
यता स्थानीय गिरीप्रसाद महाकिम लगायतले ठेक्का दिने कार्य रोक्न भदौ १७ गते वडा कार्यालयमा निवेदन दिएको भएपनि व्यवस्थापन समितिले निवेदनको वेवास्ता गर्दै ठेकेदारमार्फत काम गराउन खोज्दा झडप भएको नेकपाको दावी छ ।यता नेपाली कांग्रेसले ठेक्कामा दिएर भ्रष्टाचार वढाएको नेकपाको आरोपछ ।
प्रतिक्रिया