प्रदेश

करुणाको स्मृतिमा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन



कपिलवस्तु ६ असोज ।मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा हत्या गरिएकी करुणाको स्मृतिमा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । महिला तथा बालबालिका हिंसा विरुद्धको हाम्रो अभियान भन्ने मूल नाराका साथ अभियानमा लागेको मेची महाकाली संयुक्त बुहारी आवाज कपिलवस्तुले  ४ नं चोकमा मृतक करुणाको संम्झनामा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रदेश सभा सदस्य रिना नेपालले ३ तहको सरकार बने पनि समाजमा पुरातन संस्कारलाई फाल्न नसकिएको बताउनुभयो ।

    उहाँले संघीय लोकतन्त्र देशमा रहेपनि समाजमा परिवर्तन नभएको जिकिर गर्नुभयो । एउटै गर्भबाट जन्मेकी छोरीको पनि सुरक्षित नभएको बताउनुभयो ।यस्तै वाणगंगा नगरपालिका वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले देशको कानुन कागजको पानामा मात्रै सिमित भएको बताउँदै छोरा छोरी दुवैलाई सभ्य संस्कार सिकाउनुपर्नेमा जोड दिनुभयो । संस्थाको लुम्बिनी अञ्चल विशेष सल्लाहकार गंगा के।सी।, रुपन्देही जिल्ला संयोजक लता खड्काले नारीहरुले अझै पनि अकालमा ज्यान गुमाउनुपरेको र पीडित परिवारले न्याय नपाएको गुनासो गर्नुभयो ।

    स्वर्गीय करुणाकी आमाले आफ्नी छोरीको विभत्सपूर्ण हत्या हुँदा पनि कानुनले हत्यारालाई दायरामा ल्याउन नसकेको दुःख व्यक्त गर्नुभयो । उहाँले विभिन्न ठाउँमा कानुनको ढोका ढकढकाउँदा पनि अपराधिलाई ढाकछोप गरेको गुनासो गर्नुभयो ।जिल्ला संयोजक चन्द्रा अर्यालको अध्यक्षता उपाध्यक्ष सुष्मा खाँडको स्वागत मन्तव्यमा संचालन भएको कार्यक्रमको संचालन सचिव अञ्जु बन्जाडेले गर्नुभएको प्रेस सल्लाहकार भगवती न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा रुपन्देही, कपिलवस्तुका पदाधिकारी, समाजसेवी, स्थानीय, बुद्धिजिवी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : ६ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६