गुल्मी ६ असोज । गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरको स्यालामा पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ ।पहिरोमा पुरिएका इस्मा गाउँपालिका २ रातामाटाका ३९ वर्षका प्रेमबहादुर कुमाल र स्थानीय ५ वर्षका सफल कुमालको शव आज बिहान निकालिएको प्रहरीले जनाएको छ । सडकमा हिँडिरहेका बेला पहिरो खसेपछि दुवै जना बेपत्ता भएका थिए । पहिरोमा परेर स्थानीय तिलक कुमाल घाइते हुनुभएको छ ।
६ आश्विन २०७७, मंगलबार
प्रतिक्रिया