अर्थ-वाणिज्य

यो वर्ष दशैँमा तीन हजार खसी, बोका र च्याङ्‍ग्रा खरिद गर्ने



काठमाण्डौ ६ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्षित गर्दै यो वर्ष तीन हजार खसी, बोका र च्याङ्‍ग्रा खरिद गर्ने भएको छ ।हरेक वर्ष खसी, बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको कम्पनीले यो वर्ष तीन हजार खसी, बोका र च्याङ्‍ग्रा खरिद गर्ने भएको हो । यो दशैँमा १४ सय च्याङ्ग्रा, १६ सय खसी र बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताउनुभयो । कति सङ्ख्यामा खरिद गर्ने भन्ने यकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।

          कम्पनीले विगतका वर्षहरु जस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बिक्री गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उहाँले बताउनुभयो । एकीकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढीभन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने उहाँले बताउनुभयो ।कम्पनीले हरेक वर्ष दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीले विगतका वर्षहरुमा दाङ, तुलसीपुर, हेटौँडा र नेपालगञ्ज लगायतका ठाउँबाट खसी, बोका ल्याउने गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ ।यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित पाँच करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गएको यही परिमाणको खसी, बोका तथा च्याङ्ग्राका लागि कम्पनीले पाँच करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।   

प्रकाशित : ६ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६