जीवनशैली

प्रशासन र कांग्रेस गुल्मी बीच सहमति , विरोध स्थगित



गुल्मी  ६ असोज आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारबाही गर्न गुल्मी प्रशासन सहमत भएपछि कांग्रेसले धर्ना कार्यक्रम स्थगित गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र कांग्रेस नेताबीच भएको छलफलपछि रेसुंगा नगरपालिका–१२ स्थित रानीपोखरी निमाविको नियमअनुसार भवन निर्माण सुचारु गर्ने र कुटपिटमा संलग्नलाई कारबाही गर्ने सहमतिपछि धर्ना तथा विरोध कार्यक्रम मंगलबार दिउँसो स्थगित भएको हो ।

    किटानी सहित जाहेरी दिँदापनि प्रहरीले कुटपिटमा संलग्नलाई कारबाही नगरेपछि कांग्रेसले सोमबार जिल्ला प्रशासनमा धर्ना दिएको थियो । धर्नामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा जिल्ला सभापति भुवन श्रेष्ठ, पूर्णबहादुर केसी र प्रहरी घाइते भएका थिए । कांग्रेसले मंगलबार पनि तम्घासमा विरोध ¥याली निकालेर प्रशासन गेटमा धर्ना दिएको थियो ।

    स्कुलको भवन नियम अनुसार निर्माण गर्ने र कांग्रेस कार्यकर्ता कुटपिटमा संलग्न रहेकालाई कारबाही गर्ने सहमतिपछि धर्ना कार्यक्रम स्थगित भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले बताउनुभएको छ । 

प्रकाशित : ६ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६