ब्रेकिंग न्युज

बर्दियाका संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु



बर्दिया ७ असोज । बर्दिया जिल्लाका एक कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं ७ निवासी ६४ वर्षीय पुरुषको मंगलबार दिउँसो ४ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको छ। उनलाई असोज ४ गते विहान अस्पताल भर्ना गरिएको थियो। असोज ५ गते पिसिआर परीक्षणका गर्दा उनलाई कोरोना पुष्टि भएको थियो।

    फोक्सोको देब्रे भागमा निमोनियाको गम्भीर संक्रमण देखिएका उनको त्यसैका कारण उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्।यो सँगै बाँके बाहेकका जिल्लाहरू अछाम, कैलाली, सुर्खेत र बर्दिया जिल्लाका एक(एक जना गरी ४ जना संक्रमितको मृत्यु भइसकेको छ। कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेका मात्रै ७ जनाको मृत्यु भएको छ। कुल गरेर उपचारक्रममा बाँकेमा हालसम्म ११ जना संक्रमितको मृत्यु भइसकेको  श्रेष्ठले जानकारी दिए।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६