ब्रेकिंग न्युज

कृष्णनगरमा प्रहरीले ३५ केजी चरेस समात्यो ।



कपिलवस्तु असोज ७ , कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३५ केजी चरेस बरामद गरेको छ । सुटकेस र शरीरमा लुकाएर ल्याउदै गरेको अवस्थामा २ महिला समेत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा  पक्राउ गरेको हो । पक्राउ पर्ने मकवानपुर र रुकुम घर भएका महिला रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनु भयो । घटनाको विषयमा अहिले सोधपुछ भैरहेको हुदाँ पुरा बिवरण आउने क्रम जारी रहेको छ । 

कपिलवस्तु प्रहरीले सोमवार यशोधरा ७ मर्यादपुर बाट लागु औषध सहित २ भारतीय नागरिक पक्राउ गरेको थियो । ब्राउन सुगर बिक्री गर्ने उद्धेश्यले सिमावर्ती वजार मर्यादपुर पुगेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको सुराकीको आधारमा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला सोहरतगढ बस्ने वर्ष २५ को नियाज धुनिया र वर्ष २० को अजमेरी धनिया रहेका छन् । 

उनीहरुको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर वरामद गरेको छ । धागोले बेरीएको अवस्थामा ८ वटा पोका बनाई प्लास्टिकमा राखी लुकाएर ल्याएका थिए । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न सुरु गरीएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६