ब्रेकिंग न्युज

‘अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ’



काठमाडौँ ७ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।उहाँले कोभिड–१९ को महामारीबाट अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदाय बढी मारमा परिरहेको उल्लेख गर्दै उनीहरुको समस्या तत्काल समाधान गर्न विशेष ध्यान दिन पनि प्रदेश, स्थानीय सरकार र सरोकारवाला सबै निकायलाई आग्रह गर्नुभयो ।

        ४१औँ सामाजिक सेवा दिवसको अवसर पारेर अपाङ्गता भएका महिलाको महासङ्घ, नेपालले यहाँ आज आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले अपाङ्गता भएका व्यक्तिको भावना, अपेक्षा र सपना पूरा गर्न सरकारले राष्ट्रिय अपाङ्गता महासङ्घ–नेपाल, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सामाजिक सङ्घसंस्थासँग सहकार्यका साथ काम गरिरहेको बताउनुभयो ।

     “सामाजिक सङ्घसंस्था परिचालन गरेर पनि अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री गुरुङले भन्नुभयो, “उनीहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारलाई विशेष ध्यान दिन आग्रह गर्दछु ।”उहाँले अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको सेवा र सुविधा कटौती हुन नदिने दृढता व्यक्त गर्नुभयो ।

     त्यसका लागि गृह मन्त्रालयलाई आवश्यकतानुसार ध्यानाकर्षण गराउने काम भइरहेको मन्त्री गुरुङले स्मरण गराउनुभयो ।महासङ्घकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिको समस्या समाधानमा विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री गुरुङप्रति आभार व्यक्त गर्नुभएको थियो । सोही अवसरमा उहाँले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिले सहायक सामग्रीको समेत व्यवस्था गर्न नसकेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गरीदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६