ब्रेकिंग न्युज

असोज पहिलो साताभित्र शिक्षकहरू कार्यस्थलमा पुगिसक्नुपर्ने



काठमाडौँ ७ असोज । कार्ययोजना अनुसार असोज पहिलो साताभित्र शिक्षकहरू कार्यस्थलमा पुगिसक्नुपर्ने, शिक्षक घरदैलो कार्यक्रम सञ्चालन गर्नुपर्ने र असोज दोस्रो साताभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेछ ।

असोज दोस्रो सातासम्म शूल्क पुनरावलोकन

निजी तथा संस्थागत विद्यालयहरूले लिने शूल्क पनि असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने कार्ययोजना बनेको छ ।मन्त्रालयले यसअघि जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा ‘विद्यालयले लिन पाउने शूल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने’ भनिएको छ ।विद्यालयहरूले आगामी एकहप्ताभित्र सम्बन्धित पालिकाहरूबाट आफूले लिने शूल्क स्वीकृत गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।

आधा शूल्क घटाउन माग

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यालय कहिले खुल्छ निश्चित छैन । अहिलेसम्मको अवस्था हेर्दा दूरशिक्षाको विकल्प नभएको शिक्षाविदहरू बताउँछन् ।अनलाइन कक्षा सञ्चालन गरेकै आधारमा विद्यालयहरूले साधारण अवस्थामा जस्तो पूर्ण शूल्क लिन नमिल्ने अभिभावकहरूको माग छ । संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारी संक्रमणकालीन शूल्क निर्धारण गर्नुपर्ने बताउँछन् ।

       उनी भन्छन्, ‘यस्तो बेलामा मासिक शूल्कको ५० प्रतिशत भन्दा बढी शूल्क लिनै मिल्दैन ।’अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी खाँदै नखाएको खाजा, प्रयोग नै नगरेको यातायात, प्रयोगशाला, पुस्तकालय जस्ता शीर्षकमा शूल्क लिन नहुने बताउँछन् । बोर्डिङहरूले शूल्क निर्धारण गर्दा लकडाउन र निषेधाज्ञाको मारमा अभिभावक पनि परेका छन् भन्ने बिर्सन नहुने पुरीको सुझाव छ ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६