ब्रेकिंग न्युज

कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो २ को मृत्यु १ बेपत्ता ।



कपिलवस्तु असोज ७


कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाउदा दुइ जनाको मृत्यु भएको छ । बुधवार दिउसो ४ बजे बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडमा बिद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्वरको जिप बगाएको थियो । मोतिपुर कवजे पार गर्ने क्रममा बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।


मृत्यु हुनेमा गुल्मी जिल्ला रेशुंगा नगरपालिका उपल्लो तम्घासका बिद्युत प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेका छन् । एक जनाको शव गाडी भित्र रहेको र निकाल्ने प्रयास भइरहेको बताईएको छ । जिप भित्र बिद्युत प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना ब्याक्ती समेत थिए ।


जिपमा ४ जना बिद्युतका कर्मचारी र २ जना सर्वसाधरण चढेका थिए । २ कर्मचारी र १ सर्वसाधरण भाग्न सफल भएका बाणगंगा नगरपालिका वडा नं. & का अध्यक्ष विष्णु गिरीले बताउनु भयो । घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताउनु भयो । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न असहज भएको छ ।  


 


 

प्रकाशित : ७ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६