पाल्पा ८ असोज ।पाल्पामा पहिरोले ३ घर पुर्दा ६ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले बिहीबार बिहान ३ वजेतिर तीन घर पुर्दा ६ जना बेपत्ता भएका हुन् ।बेलौजा स्वास्थ्य चौकी नजिकै खसेको ठूलो पहिरोले हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले प्रेसपाटीलाई टेलिफोन मार्फत जानकारी दिनु भयो ।
उहाका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । अध्यक्षका अनुसार श्रीमान् भने पहिरो खसेपनि ज्यान जोगाउन सफल भएका थिए। पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जनाकारी दिनु भयो ।
बुधबारदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। जसका कारण पहिरोको जोखिम रहेका क्षेत्रहरुमा त्रास बढेको छ।यसपाली गुल्मी पाल्पा जस्ता प्रदेश ५ का पहाडी भूगागमा पहिरोले धनजनको क्षेती पुराई रहेको छ ।
प्रतिक्रिया