कपिलवस्तु ८ असोज । भलवाडको पडेरीया स्थित विधुत ट्रान्सफर्मर चार्ज गरेर सिंगो गाउलाई उज्यालो पारेर फर्किएका बिधुत वितरण केन्द्र ४ नम्वरका प्रमुख कृष्ण पौडेल सहित बेपत्ता भएका अन्य १ को खोजीकार्य लगातारको वर्षासंगै आएको वाढीले गर्दा समस्यामा पारेको छ । बुधबार अपरान्ह कपिलवस्तुको कोइली खोलाले गाडी सहित बगाएका वेपत्ताहरुलाई खोज्नको लागि आज विहानैबाट सुरक्षाकर्मीको लागि टोली परिचालित भएपनि अहिले सम्म फेला नपरेको प्रहरी उपरिक्षक नवराज अधिकारीले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
बुधवार ४ बजेदेखि राति ८ :३० बजेसम्म खोजी भए पनि वेपत्ता भएका २ जनाको कुनै भौतिक अवस्थिती प्राप्त हुन सकेन । आज विहान ६ बजेबाट खोजी कार्य सुरु भएको प्रहरीको भनाइछ ।खोजी कार्य सुरु भए पनि खोलामा पानीको सतह निरन्तर वढ्दोछ । अनुसन्धानको प्रगती भेटिएको छैन घटनास्थलबाट शशष्त्र प्रहरी वल पिपराका प्रमुख इ चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।
दुर्घटना भए पश्चात निरन्तर उद्धारमा खटिएका सुरक्षाकर्मीले जीप चालक माधव प्रसाद पाण्डेको मृत शव र जीप साँझ खोलाबाट निकालेको थियो । ६ जना सवार जिपमा तीन जना भने हाम फालेर बाँच्न सफल भएका थिए । यसरी हाम फालेर बाँच्न सफल हुनेमा विजय पौडेल र पर्शुराम थारु विद्युतका कर्मचारीहरु हुन् भने कोपिला अधिकारी शिक्षका हुनुहुन्छ । विधुत वितरण केन्द्र ४ नम्वरका प्रमुख कृष्ण प्रसाद पौडेल र केशव भाट क्षेत्री वेपत्ता हुनहुन्छ ।
प्रतिक्रिया