गण्डकी

स्याङ्जा पहिरो अपडेट: ८ जनाको शव फेला ,१ जनाको जिवित उद्धार



स्याङ्जा ८ असोज । स्याङ्जामा पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले  बताए ।गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो ।

           गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । प्रहरीले उनको शव निकालेको छ । यता, वालिङ नगरपालिका–१४ स्थित तमादीडाँडामा बिहान साढे ५ बजे खसेको पहिरोले माया नेपालीको घरमा बसेका २ जनालाई पुरेको छ । ‘माया नेपालीको घरबाट ७ जनाको शव निकालेका छौँ,’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले भने–‘अर्का १ जनालाई जिवित उद्धार गरेका छौँ, घरभित्र २ जना पुरिएका छन्, उद्धार कार्य हुँदैछ ।’

      माया नेपालीको घरमा १० जना थिए ।  तमादी डाँडा जिल्ला सदरमुकामबाट ३८ किलोमिटरको दुरीमा छ ।जिवितै उद्धार गरिएकी वर्ष १६ की मनिषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखराको लागि रिफर गरिएको छ । मृत्यु हुनेमा हालसम्म सनाखत भएका उमाकला नेपाली, माया नेपाली, दिपक नेपाली, सानी नेपाली र विवश नेपाली रहेका छन् ।

रातोपाटी

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६