काठमाडौँ ८ असोज । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय २९ जनाको मृत्यु भएको छ ।योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ९१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९१ हजार १४९ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ८६ हजार ५०८ जना संक्रमित पुष्टि भएको छ ।योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५७ लाख ३२ हजार ५१९ पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ४६ लाख ७४ हजार ९८८ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ६६ हजार ३८२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ७४ लाख ३६ हजार ३१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ५६ हजार ५६९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
प्रतिक्रिया