काठमाण्डौ८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्टनेगेटिभ आएसँगै उहाँ एक हप्ता लामो होम क्वरेण्टीन पूरा गरेर बिहीबारदेखि नियमित काममा फर्कनुभएको छ । गएको शुक्रबार उहाँका अङ्गरक्षकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि मन्त्री पुन मन्त्री निवास पुल्चोकको होम क्वरेण्टीनमा बस्नुभएको थियो । उहाँ बिहीबारदेखि नियमित काममा फर्किएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।
८ आश्विन २०७७, बिहिबार
प्रतिक्रिया