प्रदेश

पहिरोको बितण्डा ,प्रदेश ५ का दर्जन सडक अवरुद्ध



रुपन्देही ८ असोज ।  प्रदेश ५ का तराई हुदै पहाड जाने करिव एक दर्जन  विभिन्न सडकहरु अवरुद्ध भएका छन् । गोरुसिंगे सन्धिखर्क सडक , सिद्धार्थ राजमार्गको बुटवल —तानसेन सडक ,तानसेन गुल्मी सडक ,पाल्पा रामपुर सडक ,रिडी तम्घास सडक,तुलसीपुर —नेपालगंज सडक  लगायतका सडकहरु अवरुद्ध भएका छन् । ती सडकहरु पहिरोके वितण्डावाट अवरुद्ध भएका हुन् । 

     पाल्पाको तानसेन ८ डुम्रे, सिद्धबाबा मन्दिर नजिक, रम्भा ३ जामुने स्थित पाल्पा—पोखरा सडक खण्डमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ ले जनाएको छ। यस्तै पाल्पाकै रिब्दिकोट ४ भैरवस्थान स्थित तानसेन—हार्थोक सडक खण्डमा, बगनासकाली ५ ठाटी, माथागाडी १ कारिकोट रामपुर—पाल्पा सडक खण्डमा पनि पहिरो खसेपछि ती सडक अवरुद्ध छन्। यस्तै गुल्मी रेसुङ्गा ८ अर्खले स्थित तम्घास—सिमलटारी सडक खण्ड र सत्यवती ४ लहरेखोला स्थित रिडी—बुर्तिबाङ सडक खण्डमा पनि पहिरो खसेर ती सडक अवरुद्ध छन्।

    यस्तै  दाङ तुल्सीपुर उपमहानगरपालिका १३ दमारगाउँ स्थित तुल्सीपुर—नेपालगंज सडक खण्डमा सडक भासिएको छ। प्युठान सरुमारुनी अधेरी खोला स्थित प्युठान—भालुबाङ सडक खण्ड पनि पहिरो खसेपछि बन्द छ। अर्घाखाँची सन्धिखर्क ६ दहखोलामा पहिरो खसेपछि गोरुसिंगे—सन्धिखर्क सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ। निरन्तर वर्षा भइरहेकाले सडक सुचारु गराउन समस्या भएको प्रहरीले जनाएको छ।

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६