रुपन्देही ८ असोज । बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु पचेहरा बनगाइकी ७० वर्षिय महिलाको मृत्यु भएको छ। वाणगंगा ११ स्थित वनगाईकी ७० वर्षीया महिलाको बेलुका साढे ५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनु भयो । असोज ५ गते अस्पतालमा भर्ना भएकी उनमा मिर्गौलाको समस्या थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।
यता बीहिवार बिहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका २ जना संक्रमितको मृत्यु भएको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष र नवलपरासी रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।उनीहरु दुवैजनालाई ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो।
प्रतिक्रिया