प्रदेश

बाढीमा बेपत्ता भएको घटनाप्रति नेकपाद्धारा शोक



कपिलवस्तु ९ असोज   अविरल वर्षासंगै कपिलवस्तुको कोइली नदीमा भएको अकल्पनिय दुःखद् घटनामा ज्यान गुमाउने प्रति नेकपा कपिलवस्तुद्धारा शोक विज्ञप्ती मार्फत श्रद्धाञ्जी ब्यक्त गरेको छ । अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्र शाहद्वारा जारी शोक विज्ञप्तीमा कार्यालयको कामको शिलशिलामा बुधबार कजवे तर्ने क्रममा गाडी बगाउदा विधुत वितरण केन्द्र जीतपुरका सवारी चालक गुल्मी निवासी माधव प्रसाद पाण्डे, शितगंगा १३, निवासी केशव भाट क्षेत्रीको मृत्यु र प्राधिकरणका कार्यालय  प्रमुख कृष्ण पौडेल अहिले सम्म वेपत्ता भएको  खबरबाट नेकपा कपिलवस्तु स्तब्ध एवम् शोकाकूल भएको विज्ञप्तीमा उल्लेख छ । वेपत्ता रहनु भएका प्राधिकरणका कार्यालय प्रमुख कृष्ण पौडेलको खोजी कार्यलाई तिव्रता दिन अपिल गर्दै खोजी कार्यमा संलग्न राष्ट्र सेवकलाई उच्चतम मेहनत गर्न र शोकाकुल आफन्तजन एवम् स्थानियबासी प्रति धैर्य रहन अपिल गरेको छ ।  

    कार्यालयको कामको शिलसिलामा बाढीले बगाएर मृत्यु एवम् वेपत्ता भएको दुःखद् खबरबाट कपिलवस्तुबासी स्तब्ध एवम् शोकाकूल भएको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै दुःखका बेला सबै जनताको साथमा नेकपा रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सोही घटनामा परी घाइते हुनुहुने  बाणगंगा ८ निवासी कोपिला अधिकारी, विधुत प्राधिकरणका कर्मचारी विजय पोख्रेल र पर्शुराम चौधरीको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको नेकपा कपिलवस्तुका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । 

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६