ब्रेकिंग न्युज

नेपालगञ्जका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु



नेपालगञ्ज ९ असोज ।नेपालगञ्जका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालगञ्ज–३, एकलैनीका ५२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहान २ः २५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनको दुवैतिर फोक्सोको निमोनिया थियो।स्वास्थ्यमा समस्या भएपछि असोज ६ गते अस्पताल भर्ना गरिएको थियो ।

          सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आयो ।जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यसैबीच, बिहीबार रातीसम्म गरेर तीन लटमा सार्वजनिक गरिएको विवरण अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १८ का वडाध्यक्ष दीपक बर्मासहित ४८ जनालाई कोरोना पुष्टि भएको छ ।यता, शुक्रबार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लामा अहिलेसम्म एक हजार तीन सय ६१ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमितको संख्या एक हजार सात सय ५० पुगेको छ ।

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६