प्रदेश

लकडाउनका कारण रोकिएका लोक सेवा आयोगका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक



काठमाडौं ९ असोज। लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ ।आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ ।

       व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ ।यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ ।नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुने छ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

सहायक महिला विकास निरीक्षकको परीक्षा २५ असोजदेखि

      स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण यही असोज २५, २६ र २७ गते हुने छ । अन्तरवार्ता र कम्प्युटर सीप परीक्षण लोक सेवा आयोगकै केन्द्रीय कार्यालय अनामनगरमा बिहान ७ः२० बजेबाट सुरु हुने आयोगको सूचनामा उल्लेख छ ।पूर्वप्रकाशित लिखित नतिजाको सूचनामा तोकिएअनुसारकै कागजात लिएर निर्धारित समयभन्दा एक घण्टा अगाडि नै परीक्षा केन्द्रमा आउन आयोगले आग्रह गरेको छ ।आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा लिइने जानकारी दिए । ‘कोरोना संक्रमणको विशेष अवस्थामा परीक्षा सन्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड आयोगबाट स्वीकृत भएपछि सोही बमोजिम परीक्षा सञ्चालनको प्रबन्ध मिलाइने छ,’ उनले भने ।

सहसचिवको परीक्षा दशैं अगाडि नै

लोक सेवा आयोगले अन्तिम समयमा स्थगित गरेको सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको परीक्षाको नयाँ तालिका पनि आजै सार्वजनिक गरेको छ ।नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट र नेपाल विविध सेवाको परीक्षा दशैं अगाडि नै हुने छ ।आयोगले शुक्रबार जारी गरेको सूचना अनुसार नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट पदको प्रथम र द्वितीय पत्रको परीक्षा क्रमशः यही असोज २७ र २८ गते हुने छ ।यसैगरी नेपाल विविध सेवा तर्फको परीक्षा असोज २९ र ३० गते हुने छ । दुवै परीक्षाहरु लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा बिहान ८ बजे तोकिएको छ ।यसअघि यो पदको लिखित परीक्षा आयोगले लिइसकेको थियो । तर अन्तिम समयमा ‘विशेष कारण’ देखाउँदै आयोगले परीक्षा रद्द गरेको थियो ।

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६