प्रदेश

कपिलवस्तु नगरका बिद्यालयमा असोज ११ देखि पढाई, बाणगंगामा पढाई संचालित



कपिलवस्तु ९ असोज 

सरकारले जारी गरेका बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार कपिलवस्तु नगरपालिकाले बिद्यालयमा सिकाई केन्द्र मार्फत पठनपान सुरु गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य प्रोटोलकको पालना गरी बिद्यालयमा सिकाई केन्द्र संचालन गरी पठनपाठन गर्न पाउने निर्णय गरिएको हो । यो निर्णयसंगै नगर क्षेत्रमा रहेको सरकारी र निजी बिद्यालय गरी ८३ बिद्यालयमा लर्निङ सेन्टरको माध्यमबाट असोज ११ गतेबाट पठनपाठन सुरु हुने नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत हरि प्रसाद ज्ञवालीले बताए । कोभिड १९ का कारण लामो सयम देखि बन्द भएको बिद्यालयमा प्रबिधिको पहुच अभावले भर्चुवल कक्षा संचालन गर्न कठिनाई भएकाले निदेशिका  अनुसार बिद्यालमया लनिङ सेन्टर मार्फत पढाई सुरु हुने उनले बताए । ‘

     बिद्यार्थी र बिद्यालयको अवस्था बिश्लेषण गर्दा हामीले बिद्यालमया लनिङ सेन्टरको माध्यमबाट पढाई सूरु गर्ने निर्णय गरेका हौ ’ उनले भने । स्व सिकाई र स्वः अध्ययनमा जोड दिन बढीमा एक समुहमा २५ जना बिद्यार्थी सेन्टरमा रहने छन । भौतिक दुरी, स्वास्थ्य सुरक्षाको पालना गरी साप्ताहिकरुपमा समयतालिका प्रकाशन गरी सेन्टरमा पढाईने छ । भर्ना अभिलेखीकरण, स्थातान्तरणकालागि असोज दोश्रो साता सम्मको समयावधी दिईएको नगरपालिका शिक्ष शाखाका प्रमुख युवराज भुसालले बताए । नगरपालिकामा पठनपाठन संचालन गर्नै बिषयमा सरकारी र निजी बिद्यालयका प्रअसंग छलफल समेत गरिएको थियो । नगरप्रमुख किरण सिंहले सराकारवाला सबैसंग आवश्यक छलफल, समन्वय गरी बिद्यालयमा लनिङ सेन्टरको माध्यमबाट पढाई सुरु गर्न लागेको बताए ।

    उनले बिद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा अनिर्वाृ पालना गर्न समेत निर्देशन दिएका छन । उता बाणगंगा नगरपालिकामा भने गाउटोलमा समुह बनाई घर घर मै गएर सुरक्षित तरिकाले पढाई सुरु गरी सकिएको छ । जिल्लाका अन्य पालिकाहरुले समेत निर्देशिका अनुसार पढाई सुरु गनै तयारी गरेका छन । यता बाणगांगमा यहि असोज ७ गतेवाटै कक्षा शुरु भएको छ । तीन सिफ्टमा संचालन गर्ने र एउटा कक्षामा १ पटकमा २० भन्दा बढी नराख्नेगरी पढाई संचालन गरिएको जनतामावि पिपराका प्रअ रमेश पन्थीले जानकारी दिनु भयो । 

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६