काठमाण्डौ ११ असोज
। शान्ति स्थापनार्थ
अफ्रिकाको कंगोमा खटिएका नेपाली
सेनाका अधिकृतले नै आफ्ना
जुनियरलाई मरणासन्न हुने गरी
कुटपिट गरेर अशान्ति
मच्चाएका छन् ।आफ्नो
कमाण्डका जवानलाई कुटपिट गरी
सख्त घाइते बनाएपछि
अनुशासन उल्लंघन गरेको विषयमा
सेनाका अधिकृतमाथि अगाडि बढेको
छ ।शान्ति स्थापनार्थ
खटिएको नेपाली सेनाको गणमा
सैनिक आचरण र
मर्यादा विपरीत कार्य भएको
भन्दै सेनाले ‘कोर्ट
अफ इन्क्वायरी’ शुरू
गरेको हो ।
मेजरको नेतृत्वमा ‘कोर्ट अफ
इन्क्वायरी’
गठन गरी छानविन
थालिएको सैनिक जनसम्पर्क निर्देशनालयले
जनाएको छ ।
बिहीबार कंगोमा खटिएको उक्त
क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई
मरणासन्न हुने गरी
कुटपिट गरेका थिए ।
कुटपिटको खबर सामाजिक
सञ्जालबाट बाहिर आएपछि जंगी
अड्डाले छानविन अघि बढाएको
सैनिक प्रवक्ता सहायक
रथी सन्तोषवल्लभ पौडेलले
जानकारी दिएका छन् ।मदिरापान
गरेर सहसेनानीत्रय इन्द्र
थापा, सुभाष हुमागाईं
र योगेन्द्र धितालले
निर्घात कुटपिट गरेर नायक
नवराज माझीलाई मरणासन्न
अवस्थामा बनाएको पाइएको छ
। कुटपिटबाट माझीको
तिघ्रा, कम्मर र भुँडीमा
गम्भीर चोट लागेको
छ ।
प्रारम्भिक छानविनमा क्याप्टेनहरू र
सैनिक जवानबीच झगडा
हुँदा जवानमाथि कुटपिट
भएको पाइएपछि जंगी
अड्डाले छानविन समिति नै
गठन गरेको हो
। पौडेलले छानविन
एक साताभित्रै सकिने
जानकारी दिएका छन् ।कंगोमा
सेनाको सात सय
जनाको पल्टन शान्ति
स्थापनार्थ खटिएको छ । एक वर्षअघि
खटिएको यो पल्टन
असोजमै नेपाल फर्किंदैछ ।
त्यसपछि अर्को पल्टन कंगो
जाने जनाइएको छ
।
प्रतिक्रिया