प्रदेश

मन्त्री भन्छन् नखोल , विद्यालय भन्छन् खोल्यौ खोल्यौ



कपिलवस्तु ११ असोज  कोरोना कहरबीच अहिले जोखिम उच्च रहेकोले विद्यालय नखोल्न शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलले दिएको निर्देशन विपतरीत कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय खुल्न थालेका छन् । जिल्लामा १०० हाराहारीमा  कोरोना संक्रमित उपचारत छन । तर पनि विद्यालय धमाधम सञ्चालनमा आउन थालेका छन् । विद्यालय  संचालनमा आएसँगै कोरोना कहरका कारण ६ महिनादेखि ठप्प भएको शैक्षिक गतिविधि संचालन हुन थालेको हो ।

    जिल्लामा रहेका १० स्थानीय तहले आ–आफनो तरिकारले सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने तयारी स्वारुप केही पालिकामा बिद्यालय सञ्चालमा आउन थालेका हुन । उता दाङमा रहेका १० वटा पालिकामध्ये ४ वटा स्थानीय तहले आफू अन्तरगत विद्यालयमा पठनपाठन सुरु गरिसकेका छन् । भने ६ वटा स्थानीय तह विद्यालय सञ्चालनको अन्तिम तयारीमा जुटेका छन् । सरकारले विद्यार्थी सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा सहज भएको हो । 

    सिकाइ निर्देशिकामा उल्लेख गरिएका मापदण्डमा रहेर पठनपाठन सञ्चालनको निर्देशन दिएसँगै विद्यालय सञ्चालन र यसको तयारीमा जुटेको पालिकाका शिक्षा प्रमुखहरुको भनाइ छ । पठनपाठन सञ्चालन गरिएका विद्यालयमा अनुगमन, सुझाव संकलनलगायतका गतिविधि समेत भइरहेका छन् । विद्यालय सञ्चालनको तयारीमा रहेका विद्यालयहरुले विद्यार्थी अभिलेखीकरण, भौतिक संरचना व्यवस्थापन, आवश्यक मापदण्ड निर्माण, कार्ययोजना पेश लगायतका पुर्व तयारीहरु गरिरहेका छन् ।

    यता बिद्यालय सञ्चालन हुन थालेपछि बिद्यार्थीहरुमा पनि खुसी देखिएका छन । ६ महिनासम्म घरमै बस्दा दिक्क मानेका बिद्यार्थीहरु बिद्यालय सञ्चालनमा आउन थालेपछि खुसी भएपनि कोरोनाको जोखिम कायमै रहेको भन्दै केही अभिभावकले आफ्ना बालबालिका बिद्यायमा भने पठाएको पाईएको छैन ।यता  कपिलवस्तुमा रहेको  प्रदेश ५ को सामाजिक विकास निर्देशनालय र स्वयम प्रदेश सामाजिक विकास मन्त्रालय  मौनवसेका छन्  । 

प्रकाशित : ११ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६